महिला पत्रकारलाई अश्लिल गालीगलौज गर्ने पत्रकार महासङ्घ सदस्य रिजाल निलम्बित



नेपालगञ्ज, भदौ ७
महिला पत्रकारलाई फेसबुकबाट गालीगलौज गरेपछि नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ ।

महासङ्घ जिल्लाकार्यसमितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजाललाई निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो ।

यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक करा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News