नेपालमा हराएका बालक भारतमा फेला



नवलपरासी, भदौ ८
एक महिनाअघि पश्चिम नवलपरासीबाट सम्पर्कबिहीन बनेका एक बालक भारतमा फेला परेका छन् ।

गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् ।

बालकका बुवाका साथी बृजराज कुशुहवाले उनी घरबाट बजार जान्छु भनेर सम्पर्कबिहीन भएका थिए । बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News