रौतहटको लालबकैया नदीमा डुंगा पल्टियो २५ बेपता



रौतहट भदौ ९. रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिएको छ। ढुंगामा सवार ४० जनामध्ये २५ जना वेपत्ता भएका छन् भने १५ जना सम्पर्कमा आएका छन्।

वेपत्ताको खोजी तीव्र भइरहेको छ। सम्पर्कमा आउनेमा डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनीसहित १५  जना रहेका छन्।

उनीहरू खोला तैरिएर सकुशल सम्पर्कमा आएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले जानकारी दिए। शसस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ। उद्धारकाे लागि सुरक्षाकर्मी, स्थानीय पौडीबाज हरुको  परिचालन गरिएको छ।

बन्जाराहबाट  सदरमुकाम गौरको टिकुलियाघाट तर्फ आउँदै गरेको डुंगालाई लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ करिब  ७ बजेतिर बगाएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News