च्याम्पियन्स लिगमा रियल मड्रिड विजयी


 


cristiyanoएजेन्सी, असोज १४

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले माल्मो एफएफलाई २–० ले हरायो ।

रियलको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । २९ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ९० औं मिनेटमा दोस्रो गोल गर्दै रियललाई २–० को जित दिलाए ।

जितपछि समुह एमा रहेको रियलको दुई खेलबाट ६ अंक भएको छ  र समुहको शीर्ष स्थानमा छ । रियलसँग पराजित भएको माल्मोले समान दुई खेलबाट पनि अंक जोड्न सकेको छैन ।

माल्मो समुहको तेस्रो स्थानमा छ । समुह ए अन्तर्गत नै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेनले शाख्तर डोनेस्कलाई हराएको छ । पिएएजीले शाख्तरलाई ३–० ले हराएको हो ।

जितपछि पिएसजीको दुई खेलबाट रियल मड्रिडको जस्तै ६ खेल भएको छ । तर गोल अन्तरमा पछि परेको पिएसजी दोस्रो स्थानमा छ । दुई खेलबाट अंकको खाता नै खोल्न नसकेको शाख्तर डोनेस्क भने समुहको पुछारमा छ ।

 

प्रकाशित मिति: १४ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्