भ्यान र मोटरसाइकल ठोक्किदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु



कञ्चनपुर, भदौ १७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक मोटरसाइकल र म्यान एक आपसमा ठोकिदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।

दुर्घटनामा परेर भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको हो।

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा जाँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि अत्तरियाको अस्पतालमा भर्ना गरे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News