माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता


 


काठमाडौं, भदौं २२
माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नुर प्रकाश प्रधानले हस्ताक्षर गनुभयो ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बिमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्