कविता ‘बा’


 


त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!
चाहनाहरु थोरै थिए,
जिउने बहाना धेरै थिए,
हासों आशु सबै थिए,
माया गर्ने साथ् थिए,
न भूतको ज्ञान थिए,
भबिस्यको अन्जान थिएँ,
सुखै सुख नभएनि
पिडा थेग्ने काख थिए
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ु भएनन् !!
बुढा भएनी ‘बा’ थिए,
सकी नसकी आउने गर्थे !
त्यो स्कुलको घण्टी लाग्न नपाउदै !
बुढो सरिर धेरै ठाउँमा बिसाउदै,
कहिले पाउरोटी त कहिले चंद्र भैयाले बनाको जेरी
कति गाह्रो हुन्थ्यो होला है ुबाु त्यहाँ सम्म आउँदा ?
म अझ झ्याम्मिदै हाम फाल्थे,
आइया नि नभनी ुमेरो बाबुु भन्ने
मलाई माया गर्ने तिमि थियौं,
तिम्रा खुसीका हासो म थिएँ !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!

उमेर देखि हारेका थिए,
तर समयलाई नै जितेका थिए !
ति चाहुरी परेका छालाहरु,
पहिले छुदा अनौठो लाग्थ्यो !
अहिले आएर त्यहि स्पर्शलाई
आँखा चिम्ली सम्झन्छु,
लाग्छा फेरी त्यहि सेतै फुलेका दारी
आफ्नो गालामा जोडी खेल्न पाए ?
तिम्रा ति कृतिम दाँतलाई
फेरी आफैले लगाई गिज्याउन पाए ?
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!

‘बा’ भनेर पुकार्ने ध्वनि थिए,
संसारका सारा खुसि त्यस मै थिए !
धर्ति जस्ती ममताले भरिएको आमा थिईन,
आकाश जस्तो सुशील ुबाु थिए !
तर, धर्ति र आकाश जस्तो
कहिल्लै संगम नहुने गरि
आकाश माथि रहें
र धर्ति अझै मलाई सम्हाल्दै छिन् !
तिम्रा पिडा र मेरो जिम्मेवारी उनि लिदै छिन्
किनकि उनि अहिले ‘आमा’ र ‘बा’ दुवै बनेकी छिन् !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!

हेर त ‘बा’
जो तिम्रो काँधमा राख्ने थिएँ,
तिम्रो छोरो अहिले जवान भएको छ !
अहिले उ धेरै कुरा बुझ्ने भएको छ,
तिम्रो स्याब्बासिको लायक भएको छ,
तर ति हाथहरुबाट स्याब्बासी कहिल्यै पाउदिन !
संसारले तालि बजाउदा
तिम्रो ‘बाबु’ शब्दले ध्वनि गुन्जन्छ
अनि एक्लोपनको आभाष हुन्छ !
लाग्छ केहि अपुग छ,
केहि अझै अपुरो छ !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिईदिने ‘बा’ भएनन् !!

ऋषि आर. अधिकारी

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्