तीजको शुभकामना


 


अमृका ताम्राकार

नरोए आमा तीजमा छोरी आइनन् भनेर
मायालु हातले पकाएको खाना खाइनन् भनेर

आमाजु नन्द राताम्मे भए मलाइ कसैले
सोधेनन् रातो साडी र चोलो लाइनन् भनेर

बस्याछु सम्झी सँगिनीहरु गाएर नाचेको
कसैले सोधे भन्दिनु आउन पाइनन् भनेर

बुहारी भइ घरको सेवा गर्नु नै धर्म हो
नभन्नु ब्रत बसेर मन्दिर धाइनन् भनेर

नेपाल नयाँ सँस्कार उही दोष दिन्न कसैलाइ
अधिकारकर्मी भै मेरो गीत गाइनन् भनेर ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्