दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा



विदुर(नुवाकोट), २९ भदौ

नुवाकोटमा आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइने जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News