अदुवाको उचित मूल्य पाएपछि किसान उत्साहित



पाँचथर, असोज ११

पाँचथर जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । किसानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् ।

पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो रु ५० मा माउ अदुवा बिक्री भएको फिदिम–२, अर्खाैलेका सरस्वती ढुङ्गानाले बताउनुभयो । माउ अदुवाबाट तेब्बर आम्दानी गरेको उहाँले बताउनुभयो । “पोहोर मन (चालिस किलो) रु ७०० मा बेचे । यस वर्ष रु दुई हजार ४०० मा आठ मन बेचे,” उहाँले भन्नुभयो । चैत– वैशाखमा रोपिने अदुवाको माउ साउन भदौमा निकालेर वेच्ने गरिन्छ ।

यसपालि जिल्लाबाट दुई हजार ४०० मेट्रिक टन अदुवा निकासी भएको व्यापारी सूर्य मगरले बताउनुभयो । पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो । विगतमा अदुवा निकासीका क्रममा नाकामा भारतीय पक्षले अवरोध खडा गर्नुका साथै उचित मूल्य नपाउँदा किसानले घाटा खाँदै आएका थिए । जिल्लामा ७६० हेक्टर जमीनमा अदुवा खेती हुने गरेको छ । यहाँका ११ हजार बढी घरपरिवार अदुवा खेतीमा संलग्न छन् । बजारको समस्याका कारण किसानले घाटा खानु परिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News