हरियो वन, नेताको धन


 


रमा भट्टरार्इ, कैलाली

कहाँ छ्न् साल, सल्लो, खयर
त्यहि सारेर प्रदेशको राजधानी
पाँच वर्षसम्म सात पुस्ता पुग्ने सम्पपि कुम्ल्यार्इ ।

जनताका छोराछोरी हिजो पनि
कार्यकर्ता थिए भोलि पनि कार्यकर्ता हुनेछ्न्।

विकास विकासको नारा
तरार्इबाट पहाड टुक्राउने
पहाडबाट तरार्इ टुक्राउने

अरु त सबै छ्न् प्रदेशमा
मात्र अब देश छैन
अब देश खोज्नुपर्छ
नेताको भाषण भन्दा माथि उठेर

विकास कुन हो ?
भएका बनजंगल फडानी गरेर
केही तत्वको स्वार्थपूर्तिका लागि
सबैले संगै सति जाने वा
बिवेक पुर्याउने ?

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्