सुनचाँदीको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, असोज १४
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला सात सय ३५ रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला सातसय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्