क्यानलाई फ्यानको चेतावनी (विज्ञप्ति सहित)


 


 bigeptiकाठमाडौं असोज २४

नेपाली क्रीकेट संग सम्बन्धित पछिल्लो घटनाक्रमप्रतप नेपाली क्रीकेट समर्थकहरुको साझा सस्था  नेपाल क्रिकेट सपोर्टस् एसोशियसनले चासो ब्यक्त गरेको छ। एसोसिएसनका अध्यक्ष भानु सिग्देलले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त परिघटना प्रति एसोसिएसनको चासो ब्यक्त गरेका हुन ।

पछिल्लो समयमा कप्तान पारस खड्कालाई क्यानको अनुशासन समितिले कार्बाही गरेको समाचार बाहिर आएको थियो । यो सम्बन्धमा अझै अस्पष्ठ फ्यानहरुमा रहेको जनाउदै विज्ञप्तिमा भनिएको छ, फूल दिनेलाई ढुङ्गाले हाने जस्तो गर्ने नैतिक अधिकार यो क्यानलाई कसले दियो ?

यसै गरी क्यानको राजनैतीक खिचातानीको चङगुलमा नै प्रशिक्षक पुबुदु दसनायकेलाई राजिनामा दिन बाध्य पारिएको ठहर गर्दै एसोसिएसन ले आपत्ती जनाएको छ । साथै यो विषयमा भएको आन्दोलनको समाचार फेस बुक मा लेखे बापत टियुका खेलाडी अनिल अधिकारीलाई क्यान का उपाध्यक्ष बिकास घिमिरेले ज्यान मार्ने धम्की दिएको बिसय मा एसोसिएसन ले क्यान को तर्फबाट उचित छानबिनको माग गरेको छ । अन्यथा समर्थकहरु आफैले दोषी पत्ता लगाई सार्बजनिक रुपमा नङयाउने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २४ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्