झापामा ७० लिटर घरेलु मदिरा नष्ट



झापा, असोज २३

मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।

बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैधरुपमा यसको बिक्री वितरण भइरहेकाले प्रहरीले कडा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

एक साता अघि मात्र भद्रपुर, गौरीगञ्जलगायतका स्थानमा पनि घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेका थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News