उर्लाबारीमा प्रदेशस्तरीय नकआउट फुटबलको तयारी तिब्र


 


उर्लाबारी, कात्तिक ९

कुलझोडा युवा क्लब उर्लाबारीले शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता तयारी तिब्र भइरहेको छ ।

प्रतियोगिता आगामी कात्तिक १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र गतिमा अघि बढाइएको खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।

उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिने सो प्रतियोगितामा चर्चित आठवटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा मुनाल क्लब चन्द्रगढी र विराट मेघा स्पोर्ट क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि खेलमैदान ब्यवस्थापन, घेराबारालगायतका काम तीब्र गतिमा अघि बढाइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख तथा द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकका सहसंयोजक सानु तामाङले जानकारी दिनुभयो ।

सो प्रतियोगिता सञ्चालनका लागि कमल फ्याकको संयोजकत्वमा सात सदस्यीय खेल उपसमिति गठन गरिएको छ । जसको उपसंयोजकमा सानु तामाङ, सचिवमा भुपेन शेर्मा, कोषाध्यक्षमा दिनेश थापा मगर तथा सदस्यहरुमा मानबहादुर थापा, अमृत लिम्बु र मुकेश धिमाल रहेका छन् ।

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्