आयोजक कुलझोडा फाईनलमा प्रबेश


 


उर्लाबारी, कात्तिक १६

आयोजक कुलझोडा युवा क्लब मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ ।

आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक टिमले पाहुना टोली मुनाल क्लब चन्द्रगढी झापालाई २ – ० ले हराउँदै उपाधि नजिक पुगेको हो । स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमले पहिलो हाफमा एक र दोश्रो हाफमा एक गोल गरेको थियो । आयोजकलाई फाईनलमा पुर्याउन सन्देश लिम्बु र निशान लिम्बुले गोल गरेका थिए ।

आयोजक कुलझोडाले अब उपाधिका लागि भोली हुने चर्च व्वाईज क्लब र दमक फुटवल क्लबबीचको दोश्रो सेमिफाईनल खेलको विजेतासँग कात्तिक १९ गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्