नेपालको शानदार जीत


 


criकाठमाडौं, असोज २८

१९ वर्षमुनिको विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरमा पपुवा न्‍युगिनीले दिएको ४९ रनको लक्ष्य नेपालले ९.१ ओभरमा जम्मा १ विकेट गुमाएर भेट्टायो।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २८.२ ओभरमा ४८ रन बनाउँदा सबै विकेट गुमायो। उसलाई सस्तैमा समेट्न आज सुनिल धमलाले ५, आरिफ सेखले ३ र सुशील कँडेलले १ विकेट लिए।

१० ओभर बलिङ गरेका सुनिलले जम्मा १५ रन खर्चेर ५ विकेट लिए। उपकप्तान आरिफ सेखले ८.२ ओभर बलिङ गर्दा जम्मा ७ रन खर्चिए।

४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालका लागि ओपनर सन्दिप सुनार ४ रन बनाएर आउट भएपनि सुनिल धमलाले नटआउट २४ र योगेन्द्रसिंह कार्कीले नटआउट १६ रनको योगदान गरे।  यस प्रतियोगितामा नेपाल र पपुवा न्युगिनीसँगै आयरल्याण्ड, अमेरिका र युगाण्डा सहभागी छन्।

प्रकाशित मिति: २८ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्