मोडलिङ क्षेत्रमा भविष्य खोज्दै नवमोडल आयुष्मा


 


सानै उमेरदेखि अभिनयमा रुचि राख्ने नवमोडल काभ्रे बनेपाकी आयुष्मा ढकाल भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन् । मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाइरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतीहरु पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ । धेरै सफल पनि भैरहेका छ्न् भने कोही क्षणिक अबधि पछि यो क्षेत्रबाट हराईरहेका छन् । तर मोडलिङ क्षेत्रमा भविष्य बनाउने सोचमा साथ आयुष्मा लागिपरेकी छन् । ६ महिनाअघि मात्र मोडलिङ क्षेत्रमा प्रबेश गरेकी आयुष्माले छोटो समयमै दुई वटा म्युजिक भिडियो, एउटा टेलीश्रृखला र एउटा मधुमालती नामक नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेकी छन् । कक्षा १२ अध्ययन गर्दै गरेकी नवमोडल आयुष्मा भन्छिन् – म्युजिक भिडियो र चलचित्रमा अफर त धेरै नै आउँछन् तर अब १२ को अध्ययन सकेर मात्र यस क्षेत्रमा लागिपर्नेछु । स्कुल र क्याम्पसमा शिक्षक र साथीहरुको प्ररेणाबाट नै मोडलिङमा लागेकी आयुष्मालाई घरपरिवार बाट पनि निकै नै सहयोग रहेको सुनाईन् ।

नेपाली चलचित्रमा अभिनय गर्न रुची राख्ने आयुष्माले चलचित्रमा अफर आएमा स्क्रीप हेरेर सोचेर निर्णय लिने सुनाईन् । वास्तवमा कलाकारिमा एउटा रहर मात्र नभएर जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिने भएकाले यसमा लागिपरेको उनले बताइएन् । हेर्दा पनि निकै आकर्षण नवमोडल आयुष्मा हासिरहने शालीन स्वभावकी छिन् । नवमोडल आयुष्मा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । मोडलिङलाई भविष्य बनाउने दृढ संकल्प लिएर अघि बढेकी आयुष्मा अहिलेसम्म मायामा नफसेको बताउँछिन् । अहिलेसम्म सेक्सको अनुभव नलिएको बताउँदै आयुष्मा भन्छिन् – श्रीमान् र श्रीमतीबीचको माया नै सेक्स हो । आफु मोडलिङ क्षेत्रमा नयाँ भएकाले साथसहयोग र सुझाब दिन सबैलाई उनले आग्रह गरेकी छिन् ।

प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्