राष्ट्रिय लिग च्याम्पियनको उपाधि थ्रीस्टारलाई


 


Three-Starकाठमाडौं, असोज ३०

चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले मनाङलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ र उसले २५ लाखमा चित्त बुझाएको छ । दोस्रो भएको आर्मीले ५० लाख पाएको छ । शुक्रबार पुलिसलाई पराजित गर्दै आर्मीले दोस्रो स्थान पक्का गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै थ्रीस्टारले अग्रता लियो ।

जगजित श्रेष्ठको पासमा ओलावलले गोल गरे । खेलको अतिरित्त समयमा विजय धिमालले गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे ।

खेलको अन्तिम मिनेट ती खेलाडीले रातो कार्ड पाए । मनाङका मौसा र सुशील केसीले रातो कार्ड पाए भने गोलस्कोरर विजयले पनि रातो कार्ड पाएका थिए ।

प्रतियोगितामा आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट फवार्ड घोषित भएका छन् । उनले लिगमा १४ गोल गरेका थिए । थ्रीस्टारका किरण लिम्बु उत्कृष्ट गोलकिपर, झापा ११ का देवेन्द्र तामाङ उत्कृष्ट डिफेण्डर, मनाङका विसाल राई उत्कृष्ट मिडफिल्डर घोषित भए ।

थ्रीस्टारका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक बने । पाँचै जनाले मोटरसाइकल पाएका छन् ।कप्तान सागर थापा र उपकप्तान सन्दिप राई म्याच फिक्सिङको अभियोगमा प्रहरीको खोरमा पुगेपछि दुःखी बनेको थ्रिस्टार क्लबले रेडबुल राष्ट्रिय लिग फुटबलको उपाधि जितेर आफ्ना समर्थकहरुलाई खुसी बाँडेको छ ।

थ्रिस्टारले लिगको अन्तिम खेलमा शनिबार मनाङमर्स्याङ्दी क्लबलाई २-० गोलअन्तरले पराजित गरेर लिगको उपाधि जिती समर्थकहरुलाई खुसी बाँडेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई पदक र पुरस्कार रकम प्रदान गरे। थ्रीस्टारसँगको हारका कारण मनाङमर्स्याङदी क्लब भने तेस्रो स्थानमा चित्त बुझाउन वाध्य भएको छ।

नेपाली सेनाको त्रिभुवन आर्मीले ३३ अंक जोडेका कारण मनाङमर्स्याङदी क्लब ३१ अंकसहित तेस्रो स्थानमा चित्त बुझाउन वाध्य भएको हो।दोस्रो स्थान हासिल गरेको त्रिभुवन आर्मीले ५० लाख तथा मनाङमर्स्याङ्दी क्लबले २५ लाख रुपैयाँ पुरस्कार स्वरुप पाएका छन्।

गत माघ ७ गते सुरु भएको लिगमा आर्मीका नवयुगले सबैभन्दा बढी १४ गोल गरेका थिए। उत्कृष्ट घोषित भएवापत पाँचै जनाले पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाए। लिगमा ‘ए’ डिभिजनका पाँच क्लब र जिल्लाका चार गरी ९ टिम सहभागी थिए।

प्रकाशित मिति: ३० आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्