‘नेपाल आइडल’को फाईनलमा सुमित, विक्रम, अस्मिता र रवी


 


काठमाण्डौँ, मंसिर २८

सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई लगिएको छ । प्रतिस्पर्धाका उत्कृष्ठ चार विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवी ओड फिनालेमा पुगेका हुन् ।

बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् । विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् ।

फाइनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा पुस ६ गते हुँदैछ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो ।

‘नेपाल आइडल’ सिजन वनमा भने तीन जना बुद्ध लामा, निशान भट्टराई र प्रताप दास फिनालेमा पुगेका थिए । त्यसमध्ये बुद्ध लामा विजेता भएका थिए ।

यस पटकको विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्