आयरल्यान्डविरुद्ध नेपालकाे शानदार जित


 


iccकाठमाडौं, कार्तिक ४

आइसीसी यु—१९ विश्वकप छनौट प्रतियोगितामा बुधबार नेपालले बलियो ठानिएको आयरल्यान्डविरुद्ध शानदार जित हात पारेको छ। १८५ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर सुशील धमालाको ७५ र सन्दीप धमालाको ८५ रनको योगदानमा ४२.५ अाेभरमै जित सुनिश्चित गर्याे।

राजु रिजाल १० बलमा १६ रन बनाएर नटआउट रहे। योगेन्द्र सिंह कार्कीले ५ बलमा ४ रन बनाउँदै अविजित रहे। पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

नेपालका लागि स्पिनर प्रेम तामाङले १० ओभरको फूल स्पेल खेल्दै मात्र ३५ रन दिएर ४ विकेट लिए। ललित नारायाण राजवंशीले १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिँदा नेपालको स्थिति बलियो देखिएको थियो।

१० ओभर खेलेका सुशील कँडेलले पनि २ मेडन राख्दै १ विकेट हात पारे। आयरल्यान्डका ज्याक टेक्टरले ४६ रन बनाए भने आरोन गिलिस्पी ५६ मा अविजित रहे। आइसीसी यु—१९ विश्वकप छनौटकाे फाइनलमा नेपालले  फेरि आयरल्यान्डकाे सामना गर्नेछ। फाइनल खेल भाेलि बिहीबार हुनेछ।

प्रकाशित मिति: ४ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्