को हुन् दोस्रो नेपाल आइडल बनेका रवि ओड ?


 


काठमाडौं, पुस ६

नेपालमा निकै लोकप्रिय गायन रियालिटी शोको दोस्रो संस्करण रवि ओडले जितेका छन् । शुक्रबार साँझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा भएका थिए ।

रवी नेपाल आइडलमा आउनु अगाडि धनगढीमा दोहोरीमा गाउँथेँ । उनी चार वर्ष देखि संगीतमा सक्रिय थिए । शिव परियार, सुगम पोखरेल र हेमन्त राना उनलाई मन पर्ने गायक हुन् ।  उनका हजुरबुवा पनि गीत गाउँथे ।

हजुरबुवाबाटै प्रभावित भएर उनले पनि गाउन थालेका थिए । रवीका बुवा इन्डियामा वाचम्यानका रुपमा काम गर्दै आएका छन् । रवी देउडा, लोकदोहोरी, ठाडो भाका, पप, हिन्दी नेपाली सबै प्रकारका गीत गाउँछन् ।

धनगढी अडिसनबाट फाईनलमा पुग्ने रबि एक्ला प्रतिस्पर्धी थिए । टप १२ बाट बटम ३ मा नपरिकन फाईनल पुग्ने पनि रवि नेपाल आईडलको ईतिहासमै एक मात्र प्रतिस्पर्धी हुन । रबि २ दुई पटक सवार्धिक भोट र एक पटक पफमर अफ दि डे भएका थिए ।

 

प्रकाशित मिति: ६ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्