मुख्यमन्त्री राईद्धारा उधौलीको शुभकामना



विराटनगर, पुस ७

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

किराँत समुदायको महान्पर्व उधौली ९साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर० २०७५ को उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एक–आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो ।

यस्ता मौलिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउनाका साथै विभिन्न समुदायबीच आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेकोे शुभकामना मन्तव्यमा उल्लेख थियो ।

उहाँ भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News