उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाईते



उर्लाबारी, पुस ९

मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाइते भएका छन् । आज विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नं को मोबाइल भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा खडका गम्भीर घाइते भएका हुन् ।

गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ । गोलीले उनको छाती छाडेर प्रहरी भ्यानको छत पनि दुलो परेको छ ।

घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । घटनाको अनुसन्धान सुरु गरेको बताउदै उनले आफैले पडकाएको हो कि अन्य कुनै कारणले हो भन्ने बिषयमा छानबिन सुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News