नेपाल यु–१९ विश्वकपमा छनाैट


 


nepal world cupकाठमाडौं,  कार्तिक ६

आइसीसी यु–१९ विश्वकप छनौटको फाइनलमा आयरल्यान्डलाई हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको छ। बिहीबार मलेसियाको किनरारा एकेडेमी ओभलमा आयरल्यान्डलाई ३ विकेटले हराउँदै नेपाली युवा टोली विश्वकपमा छनौट भएको हो।

प्रतियोगिताका पाँचवटै खेलमा जीत दर्ता गराएर नेपाल च्याम्पियन बन्दै यु १९ विश्वकपमा छनाैट भएको हो। आयरल्यान्डले ४७.४ ओभरमा अल आउट हुँदै १८४ रन बनाएर नेपाललाई १८५ रनको चुनौती दिएको थियो।

नेपालले ४६ दशमवलव २ अाेभरमा ७ विकेट गुमाउँदा विजय लक्ष्य भेट्टायो। नेपालको विजयमा सुनिल धमालाको ४७ तथा राजु रिजालको ३५ रनको महत्वपूर्ण योगदान रह्यो।

नेपाल सातौं पटक अाइसीसी यु १९ विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो। टस जितेर ब्याटिङ रोजेको अायरल्यान्डका खेलाडी नेपालको कसिलो बलिङ सामु  खुलेर ब्याट घुमाउन सकेनन्।

फूल स्पेल १० ओभर बलिङ गरेका ललित नारायाण राजवंशीले १ मेडन राख्न राख्दै मात्र ३६ रन दिएर ४ विकेट लिए। आरिफ शेखले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीको पोल्टामा दुई विकेट पर्‍यो

आयरल्यान्डका लागि आक्रमक ब्याटिङ गरिरहेका गेरी म्याक्लिन्टक ४५ रनको अवस्थामा दीपेन्द्रको बलमा बोल्ड भएपछि नेपालले आयरल्यान्डमाथि दवाब बढाएको थियो। आयरल्यान्डका अर्का खतरनाक ब्याट्सम्यान एन्ड्र्यु अस्टिन ललितको बलमा प्रेम तामाङबाट क्याच भएका थिए। उनले ४४ रन बनाउन सके।

यु—१९ विश्वकप प्रतियोगिता अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा बुधबार नेपालले आयरल्यान्डमाथि ८ विकेटको विजय हासिल गरेको थियो । बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले १८५ रनकै लक्ष्य आयरल्यान्डले दिएको थियो।

ओपनर सुनिल धमाला र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: ६ कार्तिक २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्