बम आक्रमणमा ४२ को मृत्यु


 


bam aakramanएजेन्सी, कार्तिक ७

नाइजेरियामा दुई भिन्नाभिन्नै ठाउँमा बम आक्रमण हुदा ४२ जनाले ज्यान गुमाएका छन् । भने सय भन्दा बढी मानिस घाइते बनेका छन् ।
नाइजेरियाको उत्तर पूर्वी योला स्थित एक  नवनिर्मित मस्जिदमा गरिएको  बम आक्रमणमा २७ जनाले ज्यान गुमाएका छन् भने  मैडूगरीमा गरिएको  एक आत्मघाती बम आक्रमणबाट  १५ जनाले ज्यान गुमाएका छन् ।

नमाजका लागि मानिसहरुभेलाभएको मौका छोपेर मैडूगरीमा  आत्मघाती हमला गरिएको थियो ,भने योलामा  मस्जिदमा नमाज पढिरहेको मौका छोपेर हमला गरिएको थियो । अहिले सम्म प्रहरीले आक्रमणकारीको पहिचान गर्न सकेको छैन । यस क्षेत्रमा इस्लामिक चरमपन्थी समुह बोको हरामले यसअघि आक्रमण गर्ने गरेको थियो ।

वितेका केही वर्ष यता नाइजेरियामा बोको हरामको  आक्रमणबाट  हजारौ मानिसले ज्यन गुमाएका छन् । वितेका केही वर्ष यता नाइजेरियामा बोको हरामको  आक्रमणबाट  हजारौ मानिसले ज्यन गुमाएका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्