राजनीतिबाट अलगिने कांग्रेस वरिष्ठ नेता पौडेलको घोषणा



पोखरा, पुष २१ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई मजबुत बनाएपछि राजनीतिबाट अलगिने घोषणा गर्नुभएको छ । उहाले तत्काल राजनीतिबाट अलगिनेकुनै योजना नभएको भन्दै पार्टीलाई बलियो बनाएपछि मात्र त्यस्तो निर्णय लिन सक्ने बताउनु भएको हो ।

पार्टीभित्र नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अवाज उठेको लामो समयपछि उहाले त्यस्तो अभिव्यक्ति दिनु भएको हो । कांग्रेस वडा समितिले पोखराको सराङकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसलाई मजबुद बनाउनका लागि गुट भन्दा पनि पार्टीलाई केन्द्रविन्दुमा राख्न आग्रह गर्नुभयो ।

‘अब यसको वा त्यसको कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्नुहोस्,’ नेता कार्यकर्तालाई पौडेलको निर्देशन थियो ।

गुटप्रति वफादार भएर अलग अलग गुटका लागि भन्दा पनि सिंगो कांग्रेसका लागि वफादार भएर काम गर्न पौडेलले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News