जनकपुरबाट ८३ लाख नगदसहित समातिए ४ हुण्डी कारोबारी


 


काठमाडौं–प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानथरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका वडा नम्बर २ का मोख्तार महमद रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाव खाताका साथै ६ थान मोबाइल बरामद गरेको छ ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्