वाइड बडी प्रकरणः पर्यटनमन्त्री अधिकारीले भोलि पत्रकार सम्मेलन मार्फत प्रमाण सर्वजनिक गर्ने


 


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले सोमबार पत्रकार सम्मेलन मार्फत वाइड बडी प्रकरणबारे आफ्नो धारणा सर्वजनिक गर्ने भएका छन । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कारबाहीको सिफारिस गरेपछि मन्त्री अधिकारीले पहिलोपटक पत्रकार सम्मेलन नै गरेर आफ्नो धारणा सर्वजनिक गर्न लागेका हुन ।

मन्त्री अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलका अनुसार मन्त्री अधिकारीले बाइड बडी खरिद प्रकरणका बारेमा अहिलेसम्म उठेका प्रश्नको जवाफ दिनेछन । साथै उनले बाइड बडीका बारेमा उठेका भ्रम चिर्नेगरी प्रमाणहरू समेत सार्वजनिक गर्नेछन ।

पोखरेलका अनुसार पत्रकार सम्मेलनमा बाइड बडी खरिदको अनियमिततामा संलग्न भएको आरोपमा कारबाही सिफारिसमा परेका मन्त्रालयका सचिव कृष्ण देवकोटा, नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक र वायु सेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्ष समेत सहभागी हुनेछन । वाइड बडी खरिदमा भ्रष्टाचार भएको भन्दै लेखा समितिले छानविन गरिरहेको छ ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्