आज देशभर मौसम बदली हुने, केहि स्थानमा क्षणिक वर्षाको सम्भावना


 


काठमाडौ,२३ पुस । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज मुलुकभरी बदली हुने अनुमान गरेको छ । महाशाखाका अनुसार देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो पारिलो घाम लाग्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाले केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रहेको र देशका केही उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना पनि रहेको जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १५ देखि १७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्