काठमाडौँमा पानी, चन्द्रागिरीमा हिउँः यस्तो छ आजको मौसम


 


काठमाडौं– आज (सोमबार) मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राती देशको पश्चिमी भुभागमा आंशिक बदली तथा मध्य र पुर्वी

भुभागमा सामान्य बदली रही मध्य र पुर्वी भागमा हल्का पानी पर्ने पुर्वानुमान माहाशाखाको छ । काठमाडौ. उपत्यकामा सेप्टेम्बर २३ यता पहिलो पटक पानी परेको महाशाखाले जनाएको छ । आज सवैभन्दा बढि वर्ष धनगडीमा भएको छ । त्याहा ९ मिलिलिटर पानी परेको छ ।

मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।

मौसमविद् कँडेलका अनुसार मंगलबारबाट मौसम सफा हुनेछ ।

यस्तो छ आगामी तीन दिनको मौसमी विवरण

पुस २३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ | देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

रातिः देशको पश्चिमि भु-भागमा आंशीक बदलि तथा मध्य र पुर्वी भूभागमा सामान्य बदलि रहने देखिन्छ | मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

रातिः देशको पश्चिमि पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

पुस २५ गते (बुधबार)

दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

रातिः देशभरि नै मौसम सामान्यतया सफा रहने देखिन्छ |

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्