वजन घटाउनलाई जिम धाइराख्नु पर्दैन


 


काठमाडौं, २३ पुष : अहिले हरकोहीलाई आफू फिट र स्वस्थ हुन मन लाग्छ । अचेल तौल घटाउनु नै आम मानिसको लागि कठिन सजाय जस्तै भएको छ ।

कतिपय मानिसहरु वर्षैभरि एक्सरसाइज र घन्टौ जिममा बिताउँदा पनि आफ्नो तौल कम गर्न सफल हुँदैनन् । आज हामी यस्ता डाइटका बारेमा कुरा गर्छाै, जुन डाइटको दैनिक प्रयोगले केही दिनमा नै तौल घटाउनमा मद्दत पुग्दछ ।

भरखरै एउटा अनुसन्धानले के देखाएको छ भने, योग र जिम गर्नेभन्दा दैनिक रुपमा आफ्नो डाइटलाई अनुसरण गर्ने व्यक्तिहरुले चाँडै तौल कम गर्छन् । यसर्थ, आफ्नो डाइटमा सकेसम्म यस्ता सब्जीहरुलाई सामेल गर्नुस्, जसको प्रयोग गर्दा कम क्यालोरी र धेरै न्युट्रिशियनलाई ध्यान दिनुपर्छ । यसले गर्दा वजन बढ्न पाउँदैन ।

हामीमध्ये धेरैजना गुलियोको पारखी छौं । तर यो हानीकारक हो, किनकि गुलियोले धेरै रोग निम्त्याँछ । चियाको सट्टा गीन टि लिन सकिन्छ । शरीर मुटाउने भनेको कार्बाेहाइड्रेडले नै हो ।

डाइटमा सागसब्जी, फलफूल, बदामजस्ता स्वस्थ र ताजा वस्तुलाई सामेल गरौं । यसले शरीर पनि स्वस्थ र दिमाग पनि ताजा भइरहन्छ ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्