अस्पतालमा हवाई आक्रमण, ३५ स्वास्थ्यकर्मी र बिरामीको मृत्यु


 


बेरुत- सिरियामा हालैका दिनमा भएका हवाई आक्रमणहरूको लक्ष्य अस्पताल हुँदा कयौँ बिरामी र स्वास्थ्यकर्मीकै ज्यान गएको बताइएको छ । सेप्टेम्बर महिनाको अन्तिम सातातिर ती हवाई हमलाहरू अस्पतालमा भएका कारण बिरामी र स्वास्थ्यकर्मीको ज्यान गएको हो ।

aspatal aakramanडक्टर्स विदाउट बोर्डर्स्ले सिरियाका इदलिब, हामा र अलेपो प्रान्तमा यस्तो हमला गरिएको र त्यसमा परी ठूलो सङ्ख्यका स्वास्थ्यकर्मी घाइते समेत भएको जनाएको छ । ती प्रान्तका १२ वटा अस्पतालहरूमा यस्तो आक्रमण भएको र त्यसमा परी ३५ जनाको ज्यान जानुको साथै ७२ जना घाइते पनि भएका छन् ।

गएको सेप्टेम्बर ३० देखि यस्तो हमला रसियाले गरेको थियो । रसियाको सो हमलामा पनि अस्पताल परेका उक्त संस्थाले जनाएको छ । ती स्वास्थ्य संस्थामा भएका हमलाका कारण छ वटा अस्पताल बलपूर्वक नै बन्द भएका छन् । सोही आक्रमणको कारण चार वटा एम्बुलेन्स पनि ध्वस्त भएका बताइएको छ ।

उक्त स्वास्थ्य संस्थाले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुुसार उक्त हवाई आक्रमणका कारण दशौँ हजार व्यक्तिले घर छोडेर भाग्नुपरेको बताइएको छ । एजेन्सी

प्रकाशित मिति: १३ कार्तिक २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्