विमान दुर्घटना, ४० जनाको मृत्यु


 


एजेन्सी जुबा(दक्षिण सुडान), कात्तिक १८

दक्षिण सुडानको राजधानी जुबामा बुधबार भएको कार्गो विमान दुर्घटनामा करिब ४० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार करिब ४०वटा शव देखिएको छ।

राजधानी जुबामा रहेको अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार विमान धावनमार्गबाट आठ सय मिटर मात्रै उडेको थियो। विमानमा कति यात्री थिए भन्ने प्रष्ट हुन सकेको छैन।

प्रकाशित मिति: १८ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्