म्यानमारमा यसरी हुँदैछ आमनिर्वाचन


 


एपी, याङ्गुन कार्तिक २२

आधा शताब्दीको सैनिक शासन अन्त्य गर्दै म्यानमारमा आइतबार २५ वर्षपछि आमनिर्वाचन हुँदैछ । उक्त निर्वाचनपछि दक्षिणपूर्वी एसियाली देशमा पूर्ण प्रजातन्त्र स्थापना हुने विश्वास व्यक्त गरिएको छ ।

myanmarतानाशाही शासन, सशस्त्र द्वन्द्व र जातीय हिंसाबाट आजित लाखौं गरिब जनता देशको भविष्य निर्माणका लागि मतदानमा सामेल हुँदै छन् । यसलाई नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको लक्ष्य प्राप्तिका रूपमा समेत अथ्र्याइएको छ ।

उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले २५ वर्षअघिको विजय दोहोर्‍याउने अपेक्षासमेत छ । ‘परिस्थिति परिवर्तन हुने निश्चित रहेको मेरो आत्माले बताइरहेको छ,’ अधिवक्ता क्याव थु विनले भने ।

उनी सुकी समर्थकहरूको महासागरजस्तो लाग्ने उल्लसित र्‍याली नजिक बसेर प्रतिक्रिया व्यक्त गरिरहेका थिए । प्रजातन्त्र स्थापनाका लागि लामो संघर्षको यात्रा गरेको एनएलडी र सैनिक सरकार समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) बीच प्रतिस्पर्धा केन्द्रित हुने विश्लेषकहरूको भनाइ छ । दुवै दलले शुक्रबार अन्तिम र्‍याली गरेका छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्