आज २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै


 


काठमाडौं, माघ २

२१ औं भूकम्पीय सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिंसं.१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन् । भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले ९ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । अझै पनि कतिपय पीडितको बास बनेको छैन । भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन गरिएको छ ।

प्राधिकरणमा पटकपटक राजनीतिकरण हुँदा लामो समयसम्म पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन । पछिल्ला दिनमा भने पुनर्निर्माणको कामले तिव्रता लिँदै आएको छ ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्