संविधान संशोधनसम्बन्धी प्रतिवेदन असारभित्र बुझाइने



काठमाडौँ, २० असार । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाइने बताए।

वर्तमान सरकार गठनको १०० दिनका उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न सरोकारवाला निकाय, संविधानविद् र राजनीतिक दलसँग छलफल सम्पन्न भइसकेको तथा प्रतिवेदन लेखनको चरणमा पुगेको बताए।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्