फुटबल खेलको बिकासमा विद्यालय स्तरीय प्रतियोगिता उपयोगी : तिमल्सिना


 


मधुमल्ला, माघ ४

नेपाल राष्ट्रिय खेलकुद परिषद उपाध्यक्ष पिताम्बर तिमल्सिनाले विद्यालय स्तर खेलकुद विकाशको मुख्य जग भएकाले विद्यालय स्तरिय फुटबल प्रतियोगिता फुटबल खेलको बिकाशमा उपयोगिहुने बताएका छन । शुक्रबार बाट मोरङको मिक्लाजुङ–७मा –मिक्लाजुङको गौरब

मिक्लाजुङको शान, दीपज्योति क्लबको अभियान भन्ने मुल नाराका साथ आयोजित दोस्रो मिक्लाजुङ अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितालाई उद्घाटन गर्दै तिमल्सिनाले सो कुरा बताएका हुन ।

दीपज्योति युवा क्लब र मनोहर जनता स्वर्ण महोत्सब मुलसमारोह समितिको आयोजनामा आज बाट सुरु खेलकुद प्रतियोगिता अन्र्तगत शुक्रबारको पहिलो खेलमा देवकोटा मा.वि. मिक्लाजुङ–८ लाई ४–३ अन्तरले हराउदै क्लासिकल हाईस्कुल मिक्लाजुङ–८ बिजयी भएको छ ।
निर्धारीत समयमा दुबै बक्षबाट गोल हुन नसके पछी खेल सिधै ट्राई ब्रेकरमा परिणत भएको थियो । खेलमा म्यान अफ द म्याच क्लासीकलका गोल किप्पर सर्ण मगर घोषित भए । खेलमा मिक्लाजुङ गाउँपालिकामा संचालीत कक्षा १० सम्म अध्ययन हुने छात्र तर्फ १३ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहने खेल संयोजक नेत्र प्रसाद दाहालले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरी, मिक्लाजुङ गा.पा. वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले खेलकुद कार्यक्रमलाई सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा खेलकुद प्रतियोगीता संचालनको महत्व बारे खेल संयोजक नेत्रप्रसाद दाहालले प्रकाश पारेका थिए भने उपस्थितहरुलाई क्लबका सचिब दिपक भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

खेलमा मिक्लाजुङ गाउँपालिका संघ संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो । भोलीको पहिलो खेल छात्रा तर्फ रिलायन्स अंग्रेजी मा.वि. मिक्लाजुङ–७ र मनोहर जनता मा.वि. मिक्लाजुङ ७ बिच हुने र छात्र तर्फको दोस्रो खेल सरस्वती मा.वि. मिक्लाजुङ ४ र भानु मेमोरीयल अंग्रेजी मा.वि. मिक्लाजुङ ७ बिच मनोहर जनता मा.वि.को खेल मैदानमा हुने खेल सचिब दिपक कटुवालले बताए ।
प्रतियोगतामा प्रथम, द्धितिय हुनेले क्रमश छात्र तर्फ २५ हजार, १५ हजार त्यस्तै छात्रा तर्फ १५ हजार, १० हजार नगद, ट्रफी, मेडल, पमाण–पत्र प्राप्त गर्ने खेलकुद संञ्चार संयोजक केशब खड्काले बताए । खेल प्रतियोगिता माघ १६ गते सम्म संचालन हुने छ ।

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्