रुस्लानको ब्रान्ड एम्बेसडरमा पारस, ज्ञानेन्द्र र शरद


 


काठमाडौं : रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । एकवर्षको उक्त सम्झौता मुलतः प्राथमिक तहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

‘पारस, ज्ञानेन्द्र र शरदलाइ रुस्लानसँग जोड्न पाएकोमा निकै खुसी छौ । खेलकुद क्षेत्रमा ठूलो योगदान दिइ नेपाललाइ विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठूलो भूमिका निर्वाह गर्नेमा विश्वस्त छौं,’ जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।

रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको र भविश्यमा पनि मुख्य खेलहरुलाइ अझै विकास गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका ग्रुप एक्जुकेटिभ डाइरेक्टर शशिन जोशीले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बताएका थिए ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्