जननेता मदन भण्डारीको विश्व हल्लाउने भाषण हेर्नुहोस् भिडियो सहित


 


काठमाडौं । नेकपाका नेता एवम् साहित्यकार प्रदीप नेपालले दिवँगत नेता मदन भण्डारीको जीवनलाई आधार बनाएर उपन्यास ‘वर्बरिक’ लेखेका थिए । यही उपन्यासलाई नाट्य रूपान्तरण गरेर एक साता यताबाट मञ्चमा प्रस्तुत गरिँदै आएको छ ।

बर्बरिक एक शक्तिशाली भएर पनि शक्ति प्रदर्शन बिनानै अवसान भएको महाभारतका पात्र भीमको नाति हो । त्यही पात्रको प्रतीकका रूपमा जननेता मदन भण्डारीलाई उपन्यास बर्बरिकमा प्रदीप नेपालले प्रस्तुत गरेका थिए । सोही उपन्यासमा नाटकका रूपमा रूपान्तरण गरेर काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा एक साताअघिबाट मञ्चन सुरु गरिएको हो ।

यो नाटकमा मदन भण्डारीको भूमिगत राजनीति, २०४६ सालको संघर्षदेखि दास ढुंगामा दुर्घटनासम्मको कथा प्रस्तुत गरिएको छ । उपन्यासको कथाअनुसार पञ्चातयलाई ढाल्दै मुलुकमा २०६४ सालमा प्रजातन्त्र ल्याउन कम्युनिस्ट, कांग्रेस तथा प्रजातन्त्र पक्षधर नेताहरूले गरेको संघर्षलाई यो नाटकमा देख्न पाइन्छ । वीर अस्पतालको शøयामा भएर पनि कांग्रेस नेता गणेशमान सिंहले कांग्रेसको नेतृत्व गर्दै गरेको संघर्ष, भूमिगत पात्र बर्वरिकको रूपमा प्रस्तुत भएका नेता मदन भण्डारीले कम्युनिस्टहरूको तर्फको गरेको नेतृत्वसँगै आमजनताको संघर्षले बहुदलीय प्रजातन्त्र प्राप्त भएको आभास यो नाटकले दर्शकलाई गराउँछ ।

नाटकमा प्रस्तुत त्यतिबेला राजा वीरेन्द्रसँग मदन भण्डारी, गणेशमान सिंह लगायतका नेताहरूको वार्ता, संघर्षका योजना, संघर्षको दृश्यले दर्शकलाई २०४६ सालमा पु¥याउँछ । त्यतिबेला नेपाली राजनीति कतिसम्म संक्रमणमा थियो भन्ने दृश्य पनि बर्बरिकमार्फत मञ्चमा प्रस्तुत गरिएको छ ।

यो नाटकले सबैभन्दा प्रभावशाली नेताका रूपमा मदन भण्डारीलाई प्रस्तुत गरेको छ । उपन्यास बर्बरिक मदन भण्डारीको पछिल्लो कालखण्डको जीवन कथासँग सम्बन्धित भएकाले पनि उनीप्रति नाटक बढी केन्द्रित छ । जननेता भण्डारीको सरल जीवनशैली, उनको नेतृत्व क्षमता, सफल राजनीतिलाई अघि बढाउन उनमा भएका धर्यताजस्ता विविध पक्षलाई नाटकमा मञ्चन गरिएको छ ।

मदन भण्डारीको भूमिगत कालदेखि महाधिवेशनमा पार्टी महासचिव हुँदै माले र मशाललाई एकीकृत गरेर अघि बढ्ने क्रममा दासढुंगामा भएको दुर्घटनाबाट निधनसम्मको घटनालाई यो नाटकमा हेर्न पाइन्छ । तसर्थ अहिलेका पुस्ताले यो नाटक हेरेर मदन भण्डारीलाई अझ नजिकबाट नियाल्न पाउँछन् ।

यो नाटकलाई मोरङको झोराहट नाट्य समूहले मञ्चन गरेको हो । मोफसलमा रहेको नाटक गर्दै आएको झोराहट एक वर्षपछि फेरि नाटक बर्बरिक लिएर काठमाडौं आएको छ । झोराहतले एक वर्षअघि काठमाडौंको जमलस्थित नाचघरमा नाटक पर्खाल मञ्चन गरेको थियो । प्रदीप नेपालको उपन्यास बर्बरिकलाई भरत गुरागाईंले नाट्य रूपान्तरण गरेका हुन् । जीवन बरालले आफ्नो निर्देशनमार्फत नाटकलाई जीवन्त तुल्याउन खोजेका छन् ।

वास्तविक घटनासँग मेल खाने पात्र चयन यो नाटकका सशक्त पक्ष हो । पुरानो ध्वनि, भाषण, गीत र संगीतको प्रयोगले नाटकलाई यथार्थसँग नजिक बनाएको छ । नाटकमा मदन भण्डारीको भूमिकामा झोरहटका निर्देशक भरत गुरागाईं आफैं छन् । यसमा सुदीप कार्की, विमल सम्बाहाङफे, नमस्ते दिवाकर घिमिरे, अनु श्रेष्ठलगायतको अभिनय छ । कुञ्ज थिएटरका अध्यक्ष कमल ढकालले नाटक बर्बरिकलाई सबै वर्गले मन पराएको बताए । हाललाई १२ माघसम्म मञ्चन गरिने यो नाटकमा दर्शकको उपस्थित बढ्यो भने केही दिन मञ्चन कार्यक्रम थप्न सकिने पनि ढकालले बताए ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्