काठमाडौंमा बसमा यात्रा गरिरहेकी युवतीमाथी वीर्यपात, को हुन् वीर्यपात गर्ने युवा ?


 


काठमाडौं, माघ १२
सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात भएको घटनामाथि प्रहरी प्रधान कार्यालयले चासो देखाएको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक भिडियोमा पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिरहेको देखिन्छ ।
भिडियोमा युवक र युवती दुवैको अनुहार देखिँदैन भने युवतीले थाहा नपाएर केही प्रतिक्रिया नजनाएको देखिन्छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सवारी साधनभित्र गरिएको अश्लिल हर्कतबारे गम्भीर ध्यानाकर्षण भएको र उक्त घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ।

उक्त घटनाबारे गम्भीर अनुसन्धान होस् भन्दै महिलाहरुको एक समूहले महानगरीय प्रहरी अपराध महाशाखामा समेत लिखित उजुरी दिएका छन्। महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने उक्त घृणित काममा संग्लनको पहिचान गरी कारबाही गर्न उजुरीकर्ता महिलाहरुले अनुरोध गरेका छन्।

वस नियन्त्रणमा

युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।

बस अपराध शाखामा छु स्रोतले भन्यो, निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने छ । उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्