पेरुमा शक्तिशाली भूकम्प


 


एजेन्सी, लिमा मंंसिर ९

पेरुमा बुधबार शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ७ दशमलव ५ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको छ।

भूकम्पको केन्द्र जमिनभन्दा ६०२ दशमलव ३४ किलोमिटर तल रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। तर भूकम्पबाट कुनै पनि मानवीय क्षतिको खबर नआएको संचारमाध्यमले उल्लेख गरेका छन्। भूकम्पको धक्का ब्राजिल, बोलिविया, चिली, कोलम्बिया, इक्वाडोर तथा अर्जेंटिनसम्म महशुस गरिएको थियो। भूकम्पको केन्द्र जमिनभन्दा धेरै तल भएका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ।

प्रकाशित मिति: ९ मंसिर २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्