मदन भण्डारी गोल्डकप: मनाङमस्याङदी सेमिफाइनलमा प्रवेश


 


तेजबहादुर बन इटहरी माघ १३
सुनसरीकाे इटहरीस्थित रंगसालामा शनिबार देखि जारी दाेश्राे मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएकाे खेलमा मनाङ मस्याङदि बिजयी हुदै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

आयाेजक राष्ट्रिय जागृति क्लब इटहरीलाइ १ का बिरूद्ध २ गाेलले हराउदै मनाङ मस्याङदी काठमाण्डाैले सेमिफाइनलकाे सिट सुरक्षित गरेकाे हाे । खेल सुरू भएकाे ३७ अाै मिनेटमा मनाङका ११ नं. जर्सीका सुजल श्रेष्ठले पहिलो गोल गर्दै अाफ्नाे समुहलाइ अग्रस्थानमा ल्याएका थिए । पहिलाे खेलकाे समय अवधिभर अायाेजक जागृति क्लबबाट कुनै गाेल हुन नसकेपछि मनाङले अाफ्नाे अग्रता कायम बनाएकाे थियाे । खेलकाे दाेश्राे हाफ अन्तरगत ६३ औं मिनेटमा जागृतीको तर्फबाट उमेश राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

दाेश्राे हाफपछि दुवै पक्ष निके अाक्रमक देखिएपनि अायाेजककाे तर्फबाट सन्ताेष जनक परिणाम भने निस्कन सकेन अन्तत बराबरीमा चलिरहेकाे खेल १० मिनेट बित्न नपाउदै अर्थात खेलकाे ७५ अाै मिनेटमा मनाङका कमल श्रेष्ठले दाेश्राे गाेल गर्दै टिमलाइ बिजयी शुनिश्चित गरेका थिए ।

खेलकाे अवधिभर अायाेजक जागृति क्लबले गाेल गर्ने धेरै माैका गुमाएकाे थियाे भने अथक प्रयासहरू मनाङका गाेल किपरले सहजै बचाउ गरिदिएका थिए । खेलकाे म्यान अफ दि म्याच पनि मनाङका कमल श्रेष्ठ घोषित भए । साेमबार त्रिभुवन अार्मि क्लब र थ्रि स्टार बिच राेमाञ्चक प्रतिस्पर्धा हुने अायाेजकले बताएकाे छ ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्