अस्पतालको बेडमा रहेका पारसलाई भेट्न बाबु ज्ञानेन्द्र र पत्नी हिमानी किन आएनन् ?


 


काठमाण्डौ । तेस्रो पटक हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पतालको बेडमा छन् । उनलाई भेट्न नेतादेखि शुभचिन्तकहरु दैनिक नर्भिक अस्पताल पुग्ने गरेका छन् । तर पत्नी हिमानी शाह भने अझै पारसलाई भेट्न अस्पताल पुगेकी छैनन् । किनकी हिमानी दुई छोरीका साथ थाइल्याण्डमा छिन् ।
चार दिनअघि हृदयघात भएपछि पारस नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्यमा सुधार पनि आएको छ । तर परिवारका एक सदस्य अस्पतालको बेडमा भएका बेला न बाबु ज्ञानेन्द्र शाह अस्पताल आए नत हिमानी शाह नेपाल नै फर्किइन । आमा कोमल शाह एक दिन अस्पताल पुगेर फेरी सिमरातिर लागेकी छिन् ।

कुनै समय हिमानी र पारसबीचको सम्बन्ध निकै विग्रेको थियो । थाइल्याण्डबाट नेपाल फर्केको केही बर्षपछि हिमानी र पारस कतिपय स्थानमा संगसँगै पनि देखा पर्ने गरेका थिए । उनीहरुको सम्बन्धमा सुधार आएको अनुमान पनि लगाइएको थियो । तर सवै अनुमानहरु गलत सावित भएका छन् । उनी हृदयघात जस्तो गम्भिर विरामी पर्दा पनि भेट्न अस्पतालमा हिमानी पुगेकी छैनन् भने बाबु सिमराबाट काठमाडौं फर्केका छैनन् । आमाले एक दिन भेटेर पुन सिमरातिर लागेकी छिन् ।

छोरा अस्पतालमा भएपनि भेट्न नआएका पूर्वराजा ज्ञानेन्द्र शाह सिमरामा के गर्दैछन् ? पछिल्लो समय राजनीतिक गतिविधिमा बढि सक्रिय भएका पूर्वराजा धार्मिक भ्रमणमा नाममा नागरिकसँग भेटघाट गरिरहेका छन् भने पूर्व पञ्च नेताहरुसँग गोप्य भेटवार्ता गरिरहेका छन् । छोरा भेट्न निजी सचिव सागर तिमल्सिना र प्रभु शमशेरकी पत्नी राजी शमशेर राणाका साथमा काठमाडौँ आएकी कोमल पनि बुधवार ४ बजे बुद्ध एयरको जहाजबाट सिमरा फर्किएकी छिन् ।

पारस थाइल्याण्डमा भएका बेला गम्भिर हृदयघातको सामना गरे । नेपालबाट पत्नी हिमानी थाइल्याड पुगेकी थिइन । उनी थाइल्याण्ड जाने दिनमै छोरी पनि गम्भिर विरामी भएपछि निर्भक अस्पतालमा भर्ना गरेर उनी थाइल्याण्ड पुगेकी थिइन । तर यतिबेला हिमानी थाइल्याण्डमा छिन् भने पारस नेपालको अस्पतालमा । हिमानी भेट्न नेपाल फर्केकी छैनन् । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकासँगै हिमानी पनि उतै बस्दै आएकी छिन् ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्