सरकारी गाडी कब्जा गर्ने रिहा


 


पोखरा माघ २३

मुख्यमन्त्रीको कार्यालयसहित अन्य दुई सरकारी कार्यलयका गाडीको चाबी नियन्त्रणमा लिएको आरोपमा मंगलबार पक्राउ परेका नेपाल विद्यार्थी संघका ४ जना विद्यार्थी नेतालाई प्रहरीले रिहा गरेको छ ।

सरकारी गाडीको चावी नियन्त्रणमा लिएको आरोपमा उनीहरूलाई वडा प्रहरी कार्यालय वैदामले मंगलबार पक्राउ गरेको थियो । नेपाल विद्यार्थी संघले गण्डकी प्रदेशमा सरकारी गाडी चल्न निदने कार्यक्रम सांलन गरेको थियो ।

नेवि संघका केन्द्रीय सदस्य भानु ढकाल, विद्यार्थी नेताहरू विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट बैदाम प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मुख्यमन्त्री कार्यालयको गाडीका चावि नियन्त्रणमा लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको र अब, आइन्दा यस्ता कार्य नगर्ने सर्तमा सम्झाइबुझाइ उनीहरूलाई छाडीएको डिएसपी नबिन कार्कीले बताए ।

सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै नेविसंघले माघ १९ गते पोखरा महागरपालिकाको शिक्षा शाखाको गाडी जलाएको आरोपमा नेविसंघका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये २ जना छुटिसकेका छन् भने बाँकी ३ जनालाई मुद्धा चलाईएको छ । हिरासतमा रहेका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलको रिहाई माग गर्दै नेविसंघले सरकारी गडी चलाउन नदिने घोषित आन्दोलन अन्तर्गत पोखराबाट बिद्यार्थीले ३ वटा गाडीको चाबी नियन्त्रमा लिएका हुन ्

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्