सुरुभयाे टिपर आतंक, माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्युु एक गम्भीर


 


काठमाडौं माघ २३
काठमाडौंमा फेरि टिपर आतंक सुरु भएकाेे छ । गएराति टिपरले माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्युु एक गम्भीर घाइते भएका छन । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको हाे ।

एक जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बर टिप्परले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षका श्याम विकको ज्यान गएको हाेे । घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैहरेको छ । ठक्कर दिएपछि भागेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्