गणेश रसिकलाई नेशनल स्टार अवार्ड


 


Ganesh rasik (4)भोजपुर, मंसिर २४
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक नेशनल स्टार अवार्ड २०७२ बाट सम्मानित भएका छन् । रसिकको गृह जिल्ला भोजपुरको अन्नपूर्ण गाविसस्थित नेपाल ज्येष्ठ नागरिक संरक्षण संघले विहिबार सम्मानित गरेको हो ।

Ganesh rasik (1)रसिकलाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले दोसल्ला, टोपी एंव अवार्ड प्रदान गरेर सम्मान गरेका हुन् । रसिकले नेपाली संगीत र साहित्य क्षेत्रमा उल्लेखनिय योगदान गरेर गाउँ, जिल्ला र देशकै शिर उँचो पारेको भन्दै संघले भव्य कार्यक्रमकाबिच सम्मान गरेको हो ।

Ganesh rasik (2)रसिक विं सं २००४ साल असोज ४ गते छिनामखु गाविस ५ नौलागाउँमा जन्मिएका थिए । रसिक सरकारी विभिन्न संस्थानमा लामो समयसम्म आवद्ध भएका थिए ।

Ganesh rasik (5)रसिकका तीन वटा कथा संग्रह, दुई वटा संस्मरण, दुईवटा गीति संग्रह र एउटा उपन्यास प्रकाशित भएको छ । रसिकका अडियो क्यासेट, सीडी तथा थुप्रै गीतहरुमा संगीत समेत गरेका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्