आफु भन्दा कनिष्ठलाई बढुवा गरेपछि भन्दै एसपीले दिए राजीनामा


 


२७ माघ – गृह मन्त्रालयको बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै एसपी नरेन्द्र उप्रेतिले राजीनामा दिएका छन् ।

गृह मन्त्रालय शनिबार राती १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेपछि असन्तुष्ट जनाउँदै उनले राजीनामा दिएका हुन् ।

उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । आफुभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै उनले आपत्ति पनि जनाएका छन् । उप्रेती भन्दा टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल जुनियर प्रहरी अधिकृत हुन् ।

प्रहरी सेवामा विवादमा नआएका उनले प्रहरी रत्न लगायतका पदसमेत पाएका थिए ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्