अब पाकिस्तानको निसानामा भारत


 


pak-indiaएजेन्सी, इस्दामाबाद मंसिर २७

सार्क सदस्य राष्ट्र पाकिस्तानले आफ्नो सैन्य क्षमतालाई बलियो बनाउन एक कदम अगाडि बढेको छ। पाकिस्तानले मध्यम दूरीको बलिस्कि मिसाइल शाहिन–३ को सफल परीक्षण गरेको छ।

यो मिसाइल परमाणु हतियार लैजान सक्षम र जमीनबाट जमीनमा २ हजार ७ सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। गुगल सर्चका अनुसार लाहोरबाट चेन्नइको दुरी २ हजार १ सय ४० किलोमिटर मात्र छ।

पाकिस्तानी सेनाले सो मिसाइलको सफल परीक्षण गरेको जनाएको छ। सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा शाहिन–३ को परीक्षण गरिएको उल्लेख छ ।

रणनीतिक योजना विभागका निर्देशक लेफ्टिनेन्ट जनरल मजहर जमिलले आफ्नो मुलुकले निकै ठूलो सफलता प्राप्त गरेको बताए। उनले पाकिस्तान शान्तिपुर्ण सह अस्तित्वमा विश्वास राख्ने र यो क्षमता हासिल भएपछि दक्षिण एसियामा रणनीतिक स्थिरता आउने दाबी गरे।

पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज शरिफले सेनाका वैज्ञानिक र इन्जिनियर्सलाई सो सफलताको लागि बधाइ दिएका छन्। पाकिस्तानले गतवर्ष शाहिन–१ र शाहिन–२ को सफल परीक्षण गरेको थियो।

शाहिन–१ को क्षमता ९ सय किलोमिटरको दुरीसम्म प्रहार गर्नसक्ने छ भने शाहिन–२ परमाणु हतियारकासाथ १५ किलोमिटरको दूरीसम्म प्रहार गर्नसक्ने रहेको छ।

प्रकाशित मिति: २७ मंसिर २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्