भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको टाउको र खुट्टा काटिएको अवस्थामा शव फेला



माघ २८ – बिरगन्जको सिमावर्ती क्षेत्ररक्सौलको सुगौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलमार्गमा २ किशोरीको शव फेला परेको छ । उनीहरुको निकै भयानक मृत्यु भएको पाईएको छ । मृतक एक जनाको शव खुट्टा काटिएको अवस्थामा र अर्कोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको हो । बिद्यार्थी परिचयपत्रको आधारमा उनीहरुको पहिचान खुलेको छ । मृतकहरुवीरगञ्जको पब्लिक कलेजका कक्षा ११ मा पढने छात्रा भएको खुलेको छ ।

उनीहरु एक जना पर्साको कलिकामाई गाउँपालिका २ भेडिहारी बस्ने निभा विपीसी र अर्की छात्रा पनि सोही गाँउपालिका ३ हरिहरपुर बस्ने किरण चौरसिया रहेका छन् । वीरगञ्जको रानीघाटमा डेरा गरी बस्दै आएका उनीहरुको केही दिनपछि बिवाह हुने तयारीसमेत भएको खुलेको छ । नेपाली छात्राहरुको हत्या हो की आत्महत्या यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News